९५ लाख ८६ हजार ४९६ जनाले पूर्ण खोप लगाए

74

आज कोरोनाभाइरस संक्रमितभन्दा निको हुनेको संख्या बढी छ भने संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको स्वाब परीक्षण गर्दा १८९ जनामा कोरोना देखिएको छ। जसमध्ये ५ हजार ४८३ को पीसीआर परीक्षण गर्दा १५८ जनामा र २ हजार ५१४ को एन्टिजन परीक्षण गर्दा ३१ जनामा कोरोना देखिएको हो।

त्यस्तै, आज २५० जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या आठ लाख ८ हजार ६०३ पुगेको छ। अझै ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ।

खोप एक लाख ११ हजार ९३८ जनालाई खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनेको संख्या एक करोड १९ लाख ७४ हजार ५८८ पुगेको छ। त्यस्तै, ९५ लाख ८६ हजार ४९६ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here