३ वर्षीया बालिकामा कोरोना

104

काठमाडौं –  बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले भने ।

गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहका अनुसार हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो । तीमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको उनले जनाए ।  साहका अनुसार संक्रमित पुष्टि भएका सबै जना भारतबाट आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here