जनता समाजवादी संविधान संशोधनको पक्षमा

129
काठमाडौं – सरकारले दर्ता गराएको संविधान संशोधनको पक्षमा जनता समाजवादी पार्टी (जसपा) उभिएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा समेट्न निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने जसपाका सांसदले समर्थन जनाएका हुन् ।
विद्ययेकमाथि प्याकेजमै संविधान संशोधनको माग गर्दै आएपनि अहिले जसपाका सांसद लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले संशोधनको पक्षमा उभिने जनाए।
 सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रियताको विषय आन्तरिक र बाह्य हुने भएकाले राष्ट्रिय स्वाधिनता र भूअखण्डताको विषयमा कसैसँग सौदाबाजी नहुने भन्दै सररकाको तर्फबाट आएको संशोधनको समर्थन गर्नुपर्ने  जनाए ।
यस्तै सांसद लक्ष्मणलाल कर्णले राष्ट्रियताको विषयमा शंका गरिएकोमा आपत्ति जनाए पनि विधेयकमाथि समर्थन गराए ।
उनले महाकाली सन्धी र सन् १९५० को सन्धीको विषयमा समेत छलफल गर्नुपर्ने बताए। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी हुन् ।
जसमा जसपासहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here