सेताे मछिन्द्रनाथका पुजारी दुई महिनादेखि पाटीमा

379

ललितपुर – लकडाउनका कारण नेपालको सबैभन्दा लामो मच्छिन्द्रनाथको जात्रा प्रभावित बनेको छ। मच्छिन्द्र बहालस्थित गुठी संस्थानको प्रांगणमा वैशाख १२ गतेदेखि दुई पुजारी पार्टीमै बसेका छन्। जात्रा निरन्तर सञ्चालनमा आएको भए सिठी नःख ९जेठ १५० सम्ममा समापन भइसक्ने जात्रामा संलग्नले बताए। तर जात्रा कहिले सप्पन्न हुन्छ भन्ने थाहा नभएको उनीहरूको धारणा छ।

५० वर्षदेखि मच्छिन्द्रनाथको जात्रा सञ्चालनमा सरिक हुँदै आएका दिलकुमार बाराही भन्छन्, ‘चैत २७ गते भगवान्लाई स्नान गरेर २८ गतेदेखि रथ बनाउनुपर्ने थियो। तर, हालसम्म रथ बनाउने काम सुरु भएको छैन।’ मच्छिन्द्रनाथसँगै निकालिने मीननाथको धस्म ९डोरी राखेर बान्ने लामो काठ० बनाउनै बाँकी छ।

‘अरू बेला हो भने रथ बुङमति पुगिसक्थ्यो’, बाराहीले भने, ‘तर यो वर्ष काम सुरु हुन सकेको छैन।’ पचासौं वर्ष काम गर्दा जात्रा रोकिएको कहिले अनुभव नगरेकाले अन्योलमा परेको उनी बताउँछन्। २०७२ सालको भूकम्पमा रथ बिग्रिएर दोस्रोपटक बनाउनु परेको सम्झना गरे। उनले भने, ‘साइत नमिल्दा केही दिन रथ रोकिन्थ्यो तर यसरी रथ नै बनाउन नपाएको थाहा थिएन।’अन्नपूर्ण पोष्ट् दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here