सरकारले विदेशमा अलपत्र रहेका नेपाली ल्याउने तयारी (सूचीसहित)

166
काठमाडौं –  नेपालले पहिलो लटमा झन्डै २४ हजार नेपाली उद्धार गर्ने तयारी गरेको छ। तर, केही दिनदेखि भाडा तथा उद्धार गर्न जाने एयरलाइन्सका विषयमा विवाद हुँदा नेपालीहरूको उद्धार सुरु हुने सकेको थिएन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा बसेको बैठकले विश्वका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिक उद्धारमा लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ।
 उद्धार गरेर ल्याइने नेपालीको लागि न्यूनतम भाडासमेत निर्धारण गरेको छ। मन्त्रालयले उद्धार उडानमा प्रयोग हुने एयरलाइन्सको लागत खर्च उठ्ने गरी भाडा तय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा ११ जुनदेखि जुन २५ गतेसम्मको लागि उडान तालिकासमेत तय गरिएको छ। यसमा ६७ वटा उडान तय भएको छ। नेपाल एयरलाइन्सका २४, हिमालय एयरलाइन्स १९ र  विदेशी २४ वटा उडान  हुने गरी तालिका तय गरिएको उनको भनाइ छ।
भाडा भने सबैभन्दा कम्तीमा १ सय ६५ डलर बंगलादेशको लागि तोकिएको छ भने सबैभन्दा बढी लन्डनका लागि १ हजार ३ सय ४० र जर्मनीको फ्रयाङकफर्टका हकमा १ हजार २ सय ५५ डलर तय गरेको छ। भाडा नतोकिएको गन्तव्यबाट पनि विदेशी एयरलाइन्सले यात्रु ल्याउन पाउनेछन। तर, यात्रु ल्याउँदा ८५ प्रतिशत अकुपेन्सी हुनुपर्ने सर्त राखिएको छ।
नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ आएको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।
विदेशबाट  काठमाडौंसम्मको भाडादर (अमेरिकी डलरमा) :
दमाम(साउदीअबर)- ५९०
रियाद- ६३०
जेद्हा -७७०
जोर्डन -८१५
साइप्रस- ८७५
नारिता   -९३५
खार्तुन(सुडान)  -९४०
फ्रयाङकफर्ट- १२५५
लन्डन – १३४०
बांगलादेश -१६५
नयाँ दिल्ली -२०५
मुम्बइ -३१०
बैंगलोर -३३५
बैंकक- ३९०
कम्बोडिया -४००
दुबइ-  ५००
आवुदाबी- ५००
सारजाह -५००
माल्दिभ्स -५०५
ओमन- ५१०
क्वाललम्पुर- ५२०
दोहा -५४५
बहराइन  -५४५
हङकङ  -५५०
कुवेत  -५७०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here