अमेरिकामा काेराेना संक्रमित बढ्याे

165

काठमाडौं – कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा नै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २८ हजार २४८ जनाको मृत्यु भईसकेको छ भने ७७ लाख ३२ हजार ९५२ जनालाई संक्रमण भएको छ । त्यस्तै ३९ लाख ५६ हजार २९९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ८८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख १६ हजार ८२५ जनाको मृत्यु भईसकेको छ भने २१ लाख १६ हजार ९२२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख ४१ हजार ९३४ जना सवास्थ्इोपचार पछि निको भएका छन् भने १६ हजार ६१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा हालसम्म ३० हजार ८२४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख २ हजार ९१४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा हालसम्म १२ हजार ६०१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६८ हजार ८४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै शुक्रवार अमेरिकामा २७ हजार २२१ जनालाई संक्रमण भएको छ भने ७९१ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here