सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको निधन

212
 सहबान अन्सारी 
नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्मा सवारी  दुर्घटनामा परि निधन भएको छ ।
 आईतवार बिहान गाउँपालिकाबाट अध्यक्ष शर्मा विपद ब्यवस्थापन समितिको बैठकमा सहभागी हुनको लागी सदरमुकाम परासी जाने क्रममा बर्दघाट वडा नं. ४ स्थित लक्ष्मीनगरमा अनियन्त्रित भई पुल देखी तल खस्दा  अध्यक्षले प्रयोग गर्ने   लु १ झ ३७० नम्बरको स्कारर्पियो  दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी गम्भिर घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी  अस्पतालमा  उपचारको क्रममा  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय  नवलपराका प्रहरी उपरिक्षक अजय केशीले जनाउनुभयाे ।
सोही दुर्घटनामा परि प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर समान्य  घाईते भएका छन् ।
शर्माको शवलाई पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here