नेपालमा काेराेना संक्रमितको संख्या ५७६० पुग्याे

88

काठमाडौं- नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२५ जनामा संक्रमण देखिएको हो।  थपिएका ४२५ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थप ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये पुरुष ८७७ र महिला ९७ जना छन्।

कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ।  प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here