एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हाल विश्वभरमा मृत्यु र संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै मेक्सिकोमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्तै यहाँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि निको हुनेको संख्या पनि बढिरहेको छ ।
हालसम्म यहाँ कोरोना संक्रमितको संख्या भन्दा पनि निको हुनेको संख्या धेरै बढी रहेको छ । यहाँका डाक्टर र नर्सहरु कोरोना संक्रमितको उपचारमा दिनरात खटिएका छन् । बीबीसीका अनुसार मेक्सिकोमा विशेष पहिरन लगाएर कोरोनाभाइरससँगको सङ्घर्षमा अहिले एउटा कुकुर खटाइएको छ ।
यस कुकुरले मेक्सिको सिटीस्थित अस्पतालका कर्मचारीलाई मानसिक रूपमा स्वस्थ रहन सघाइरहेको बतायएको छ । यस कुकुरले कोरोनाका बिरामीको उपचारको लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दैनिक दुई घण्टा मनोरञ्जन गराउँने जनाइएकाे छ ।
हार्ली नामको यो कुकुर बिशेष पहिरन, जस्मा र जुत्ता लगाएर स्वास्थ्यकर्मीको मनोरञ्जनमा खटिएको छ । यसलाई मनोपचारका लागि प्रशिक्षत गरिएको जनाइएको छ ।
















