बनियानी – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने जनाएका छन् ।
झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको समृद्धिका लागि काँग्रेसले सहयोग गर्ने जनाउनुभयाे ।
सडकमा उत्रिएर युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकार हच्किनुले देश र जनताको उन्नतिमा सरकारका जिम्मेवार व्यक्ति नै बाधक भएको भन्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली’ निर्माणमा बाधक रहेको भ्रष्टाचार, दुराचार र अन्यायको विरूद्धमा सडकमा उत्रिएका युवाहरूको आन्दोलनको पक्षमा काँग्रेस रहने जनाउनुभयाे । रासस


















