असार १० गते एमसीसीबारे निर्णय लिन स्थायी कमिटी बैठक बस्ने

73
काठमाडौं – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । बैठकमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको हो ।
यसअघि अनिश्चतकालका लागि स्थगित भएको नेकपाको बैठक एमसीसीलाई लिएर  विवाद छ । स्थायी कमिटीको चौथो बैठकमा एमसीसीबारे विवाद भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल बनाएको थियो ।
एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ ।
यसअघि वैशाख २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।
नेकपाको विधानअनुसार तीन महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था भए पनि करिब ६ महिनादेखि बैठक बस्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here