काठमाडौं – कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व त्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाको महामारीबाट ४ लाख ५६ हजार २८४ जनाको मृत्यु भईसकेको छ भने ८५ लाख ७८ हजार ५२ जनालाई संक्रमण भएको छ ।
यसैबीच कोरोना भाइरसको महामारीबाट भारतमा अहिलेसम्म १२ हजार ६०४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८१ हजार ९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ५ हजार १८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्यअवस्था गम्भीर रहेको छ ।
भारतमा बिहीवार मात्रै अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ बिहीवार १३ हजार ८२७ जनालाई संक्रमण भएको छ भने ३४२ जनाको मृत्यु भएको छ ।


















