संसारभर १ करोड बढी कोरोना संक्रमित, ५ लाख बढीको मृत्यु

84
काठमाडौं – संसारभर कोरोना संक्रमितको संख्या   १ करोडभन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या ५ लाख बढी पुगेको छ ।
आइतबार बिहान यो समाचार तयार पार्दासम्म  विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६३० पुगेको हो भने  मृत्यु हुनेको संख्या ५ लाख ६२५ पुगेको छ ।
 संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ४६९ जनाको मृत्यु भएको छ ।
२४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ५३ हजार ८७२ जनाको मृत्यु भएको छ । २१ लाख ६४ हजार ६४४ जना संक्रमित भएकोमा १४ लाख ४ हजार ५८७ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ९ हजार ५१९ जनाको ज्यान गएको छ भने ३ लाख ७४ हजार ५९६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८१ हजार १७९ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार २७३ जना संक्रमित भएकोमा ८ हजार ५७० जना संक्रमणमुक्त भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here