यो चुनाव हैन गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच : डा. भट्टराई

129

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको सिफारिसमा मध्यावधी चुनाव घोषणा गर्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको जनाएका छन्।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान १:४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछि डा भट्टराईले यो चुनाव नभइ संघीय गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको जनाएका हुन्। उनले यसको प्रतिवाद गर्न समेत आह्वान गरेका छन्।

‘यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ प्रतिवाद गरौ!’ सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्‘भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक र असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here