कांग्रेसले संसद विघटन विरुद्ध प्रतिरोध गर्ने

99

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलको गठबन्धन बनाएर संसद विघटन विरुद्ध प्रतिरोध गर्ने निर्णय गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा संसद विघटन गर्ने निर्णय भएको कांग्रेसले ठहर गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा डाकिएको शीर्ष नेताको बैठकका निर्णय जानकारी गराउँदै सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘प्रतिनिधि सभा विघटन घोर असंवैधानिक हो। अलोकतान्त्रिक हो। अरु दलहरुसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छौं। न्यायिक उपचार पनि खोज्छौं।’

नेपालको संविधानलाई श्रृङखलावद्ध रुपमा छिया छिया पार्ने कार्यमा प्रधानमन्त्री र राष्ट्रपति लागेको कांग्रेसको निष्कर्ष छ।

कांग्रेसले संसद विघटन विरुद्ध सुरक्षित रहेर भ्रातृ संस्थालाई विरोध गर्न पनि दिर्नेशन दिएको छ। ‘संविधानको रक्षाका लागि सबै लडाइँ लड्छौं। विपक्षी दल सबैसँग सहकार्य गरी लडाइँ अगाडि बढाउँछौं,’ महतले भने, ‘संसद विघटनको प्रतिरोध गर्न भ्रातृ संस्थालाई पनि निर्देशन दिने। कोरानाको समयमा सुरक्षित रहेर प्रतिरोध भ्रातृ संस्थाले गर्नेछन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here