एनआइसी एसियाका ग्राहकको सेवा सुविधाका लागि ‘सपोर्ट सेवा’ २४ सै घन्टा सञ्चालनमा

173

काठमाडौं /  एनआइसी एसिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घन्टा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त सेवा २०७१ साल देखि सञ्चालन गर्दै आइरहेको छ ।

बैंकका ग्राहकलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एनआइसी एसिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घन्टा सम्पर्कमा रही ग्राहकको सेवा सुविधाका लागि गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचना समेत उपलब्ध गराउने  छ ।

यस सेवाको प्रयोगका लागि सेवाग्राहीले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा  [email protected]  मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्ने बैंकले जनाएको छ ।

यस सेवामार्फत बैंकलाई प्राप्त हुने सुझाव तथा गुनासोलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here