नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाद्वारा बजेट पारित

165

धनगढी–प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट पारित गरेको छ। प्रदेश सभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै असार १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित हुँदै आएको थियो। बुधबार भने सभामुख अर्जुनबहादुर थापाले नाराबाजीका बीच पनि संसदको कारबाही अघि बढाए।

प्रतिपक्षी दलहरूले कोरोना महामारीको प्रभावकारी नियन्त्रण र रोकथामका लागि प्रदेशमा पिसीआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने तथा जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग राखेका छन्।

यस्तै, कोरोना महामारीका कारण आर्थिक तथा सामाजिक क्षेत्रमा परेको व्यापक दुस्प्रभावलाई दृष्टिगत गर्दै तदनुरुपका कार्यक्रम ल्याउनु पर्ने र कोरोना महामारीबाट आक्रान्त सुदूरपश्चिमवासीलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउनुपर्नेलगायतका माग अघिसार्दै प्रतिपक्षीले संसदमा अवरोध गर्दै आएका छन्।

प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here