यसरी मरे साढे ३ सय हात्ती

99
आखिर त्यतिधेरै जंगली हात्तीहरु भकाभक किन मरिरहेका छन् ? यसको कारण जान्नका लागि सरकारले प्रयोगशाला परीक्षण गरिएको तर अझै रिपोर्ट आइनसकेको बताइएको छ ।

अफ्रिकामा रहेका जंगली हात्तीहरु मध्ये एक तिहाई बोत्स्वानामा रहेका छन् । पछिल्लो समय अफ्रिकी महादेशमा जंगली हात्तीको संख्या तिव्र रुपमा घटिरहेको छ ।

डाक्टर म्याकेनका अनुसार गत मे महिनामै उक्त डेल्टाको आकाशमा यात्रा गर्ने क्रममा वन्यजन्तु संरक्षणकर्मीहरुले धेरैवटा हात्तीका लास देखेपछि सरकारलाई सूचित गरेका थिए । ३ घण्टाको हवाई उडानका क्रममा उनीहरुले १ सय ६९ वटा मरेका हात्ती देखेका थिए । एक महिनापछि पुनः हवाई यात्रा गर्दा त्यो संख्या बढेर ३ सय ५० नाघेको छ ।

ती हात्तीको मृत्युको कारण पत्ता नलागेको तर यदि खडेरी तथा सुख्खाका कारण हात्ती मरेका भए त्यो निकै नै गम्भीर परिघटना हुने उनको भनाई छ । उनका अनुसार जंगलमा मर्नेमा केवल हात्ती मात्र छन्, अरु जंगली जनावरहरु भने मरेका छैनन् ।

स्मरण रहोस् गतवर्ष बोत्स्वानामा एन्थ्राक्स भाइरसका कारण १ सय भन्दा धेरै हात्ती मरेका थिए । यो पटक चाहीँ कुनै विषाक्त पदार्थ वा यस्तै रोगका कारण त्यतिधेरै हात्ती मरेको हुनसक्ने डाक्टर म्याकेन बताउँछन् । मरेका धेरै हात्तीहरुको मुख भुइँमा धसारिएको अवस्थामा छ । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here