नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी सेवामा प्रवेश

366

काठमाडौं । स्याङजा जिल्लाका पूर्व प्रध्यानध्यापक विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ ।

स्याङजाको पकवादी भञ्ज्याङ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक तिलकराम उपाध्याय पंगेनीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा नियुक्त भइ कार्यरत रहेकाले कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको इन्टरमिडियट सरहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी सेवामा प्रवेश गरी अस्थाइ नि.मा.वि. शिक्षक पदमा बढुवा समेत भइ लाभ लिएको देखिन आएको हुँदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको देखिन आएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here