विदेश जान काठमाडौं आएका कुँवरको १ लाख रुपैँया लुटपाट

310

काठमाडौं/ काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकबाट बझाङ भलारा गाउँपालिका- १ का २३ बर्षीय करण कुँवरको नगद १ लाख आइतबार लुटपाट भएको छ ।

२/३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले विदेश जान काठमाडौं आएका करणको साथमा रहेको उक्त रकम लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here