कास्की – पोखरा महानगरपालिका-१६ शान्तीदिप डेरा गरी बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-४ घर भएकी ७७ वर्षीया महिलाको करिब २ तोला सुन र नगद १५ हजार शुक्रबार राति लुटपाट भएको छ ।
२/३ दिन पहिलादेखि साग बेच्न आउँदा चिनजान भएकी बाग्लुङ घर बताउने करिब ५० वर्षीया महिलाले पत्थरीको औषधि भन्दै बेहोस बनाउने खुवाई पीडितको साथमा रहेको उक्त सुन र नगद लुटपाट गरेको बताइएको छ । बेहोस महिलाको मणिपाल अस्पतालमाउपचार भइरहेको छ ।
लुटेराको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















