नेकपा नेतामाथि बम प्रहार

76
नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादव

सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ ।

घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।

नेता यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम रहेको जिल्ला अस्पतालमा लगिएको छ । बम कसले  र किन प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here