देशमै पहिलाे पटक दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता

171
काठमाडौं – कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ ।
ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको छ । यो दृष्टिविहीनहरुलाई लक्षित गरी सञ्चालनमा ल्याईएको डिपोजिट प्रोडक्ट नेपालको बैकिङ्ग क्षेत्रकै पहिलो हो ।

यस खाता शुन्य मौज्दातमा खोली उच्चतम् प्रतिफल प्राप्त गर्नुका साथै बैंकबाट प्रदान गरिने अन्य विशेष सुविधाहरु समेत लिन सकिनेछ । हाललाई ज्ञानेश्वर स्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको छ ।

नेपाल नेत्रहिन संघका अध्यक्ष नर बहादुर लिम्बुले आफुहरु दृष्टिविहीन भएको कारण राज्यका निकायहरुबाट पाउने विभिन्न सुविधाहरु उपभोग गर्नबाट बञ्चित भएको गुनासो गर्दै कामना सेवा विकास बैंकले इज्जतका साथ हामीलाई आम नागरिक सरह बैंकिङ्ग सुविधा लिन पाउने अवसर प्रदान गरेकोमा संघ तथा आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिंदै अन्य बैंक ता वित्तीय संस्थहरुले समेत यो महत्वपूर्ण कार्यको अनुसरण गर्नु पर्ने  उल्लेख गरे ।

खाता शुभारम्भ कार्यक्रममा नेपाल नेत्रहिन संघका प्रोग्राम अफिसर शोभा न्यौपानेले दृष्टिविहीनहरुले भोग्नु परेका समस्या र चुनौतीहरुका बारेमा प्रबाश पारिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here