काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।
बाढी–पहिरो पीडितको राहत र उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको नेकपा सचिवालयले जनाएको छ ।
आज बिहान ११ बजेको लागि तय भएको बैठक स्थगित भएको थियो । त्यसपछि पुनः १ बजे सुरू भएको थियो । तर बैठक सुरू भएको केहीबेरमै स्थगित भयो ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीचको फोन संवादपछि बैठक सारिएको जनाइएकाे थियाे ।

















