रेडक्रसले बाढी पहिराे प्रभावितलाई सहयोग

319
smart

काठमाडौं-मनसुनी वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति भइरहेको र  कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरि प्रतिकार्य तीब्र बनाएको छ।

सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाका २२५ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको छ। रेडक्रसले तार्पोलिन–१, कम्बल–२, महिलाको सारी– १, सिलाउने कपडा–१४.५ मिटर, भाँडाकुडा सेट–१, बाल्टी–१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री वितरण गरेको जनाएको छ।

रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक  मोना अर्यालका अनुसार अहिलेसम्म २५ लाख मूल्य बढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको छ र ५ हजार परिवारसम्मलाई सहयोग गर्ने तयारी छ।

यसका अतिरिक्त तत्कालको आवश्यकता अनुसार ५८२ वटा तार्पोलिन, ३९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट प्रभावितलाई उपलव्ध गराइएको छ। बाढी प्रतिकार्यको लागि रेडक्रसको ३४ वटा टोली देशभरी परिचालित भएकाे जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here