लुटपाटमा संलग्न अदालतको आदेशले पुर्पक्षका लागि थुनामा

92
काठमाडौं – न्युरोडका व्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटपाटमा संलग्न दुई प्रहरी सहित चारजना अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन् ।

विशाल बजारका क्यामरा व्यापारी अग्रवालको साथबाट १० लाख लुटपाट गरेको आरोपमा असार १० मा अपराध महाशाखाले हवल्दार धिरेन विष्ट र जवान विक्रम चन्दलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीका घुमुवा हुन् ।

जिल्ला अदालत काठमाडौंले दुई प्रहरी र उनीहरुलाई सुराकी दिने सम्वृद्ध सहकारी न्यूरोडका कार्यरत क्यासियर रेणु श्रेष्ठ र सो सहकारीका पूर्वकर्मचारी सौरभ अधिकारीलाई पनि ‘लुटपाट मुद्दा’मा पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ । उनीहरुलाई केन्द्रीय कारगार सुन्धारामा थुनामा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सहकारीमा कार्यरत क्यासियर रेणुले दिएको सुराकीको आधारमा हवल्दार विष्ट, जवान चन्द र सौरभले सोही सहकारीबाट निकालेको १७ लाख मध्ये १० लाख रुपैयाँ लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी जवान चन्द महराजगञ्जस्थित गण नम्बर–२ मा कार्यरत थिए । हवल्दार विष्ट महानगरीय प्रहरी परिसर काठमाडौंको सादा पोशाकमा खटिने प्रहरी हुन् । सादा पोशाकमा एसएसपीले आफ्ना विश्वासपात्रलाई मात्र खटाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here