टेलिश्रृ‌ंखला ‘अचानक’ रमाइलो एचडीबाट प्रसारण

268
काठमाडौं – चलचित्र अभिनेता गजित विष्टको निर्देशन रहेको टेलिश्रृ‌ंखला ‘अचानक’ प्रसारमा आउने भएको छ ।  श्रावण ७ गते बुधबारदेखि उक्त टेलिश्रृंखला रमाइलो एचडीबाट प्रसारण हुने भएको हो । श्रृंखलाका लेखन समेत विष्टले गरेका छन् । ‘जे पनि हुन सक्छ’ भन्ने अवधारणमा निर्माण गरिएको यो श्रृंखलाको कार्यकारी निर्माता निर्देशक तथा अभिनेता निर्मल शर्मा   हुन् ।
श्रृंखलाले माया, धोका, घृणा तथा बदलाको कथा बोकेको श्रृंखला कम्तिमा १२ भाग हुने निर्देशक बिष्टले जानकारी दिए ।

श्रृंखलामा गजित बिष्ट, निर्मल शर्मा, विष्ट, रजनी केसी, कृष्ण सिवाकोटी, प्रकास बस्नेत, मेलिना ओली, अंशिका बस्नेत लगायत कलाकारको अभिनय रहनेछ ।

डेनी निरौलाको संगीत तथा चन्द्रमणी भट्टराईको शब्दमा श्रृंखलाको गीत तयार भएको छ ।

सिरिजमा अर्चना खनाल, बिनय पौडेल तथा सम्झना पोखरेल सहायक निर्देशकको रुपमा छन् भने निर्मल शर्मा तथा गम्भीर विष्ट क्रिएटिभ टिमको रुपमा आवद्ध छन् । डान्स फिभरले निर्माण गरेको श्रृंखलामा ओइपिएलको प्रस्तुति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here