कोरोना संक्रमित मृतकको संख्या ४५ पुग्यो

179

काठमाडौं – वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर ८ बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भएको हो। जापानिज इन्सेफ्लाइटिसको आंशकामा वीरगञ्ज हेल्थ केयर सेन्टरमा उपचाररत उनको आरडिटी पोजिटिभ देखिएपछि शुक्रबार बिहान ९ बजे कोभिड अस्पतालमा रेफर गरिएको थियो।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदनकुमार उपाध्यायले ती किशोरीको शरीरमा अक्सिजन कम भएकाले अक्सिजन दिएर उपचार सुरु गरिएको केही क्षणमा मृत्यु भएको बताए।

उनले भने,‘उहाँलाई अस्पताल ल्याउने बित्तिकै स्वाब संकलन गरी पिसिआर जाँच गर्न दिएका थियौँ। अहिले उहाँको रिर्पोट पोजिटिभ आयो।’ शुक्रबार मात्र वीरगञ्जमा २ जना कोरोना संक्रमित महिलको मृत्यु भएको छ।

मेडिकल सुपरीटेन्डेन्ट डा उपाध्यायले अहिले ७५ जना संक्रमितको उपचार भइरहेको जानकारी दिए। तीमध्ये ४ जनाको सघन उपचार कक्ष ९आइसियु०मा उपचार भइरहेको छ।

अस्पतालमा ५ जना थुनुवा संक्रिमतको पनि उपचार भइरहेको छ। उनीहरु भारतीय नागरिक भएको उपाध्यायले जानकारी दिए। उनले संक्रमित भएका मध्ये ५० प्रतिशतमा निमोनिया, श्वासप्रश्वासको समस्या देखिएको बताए। उनले भने,‘पछिल्लो समय लक्षण भएका संक्रमितको संखया बढिरहेको छ।’ योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here