मास्क नलगाएकालाई कारबाही गर्न गृह मन्त्रालयकाे निर्देशन

182

काठमाडाैं – गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्लालाई पुनस् निर्देशन दिएको छ।

लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि  आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

‘रोगको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नलगाइ बाहिर निस्किन थालेका छन्। मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मास्कको नियममा कडाइ गर्न फेरि निर्देशन दिएको हो,’ उनले सेतोपाटीसँग भने, ‘अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिनेछ।’

यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। केही जिल्लामा निर्देशनको पालना भए पनि धेरैले मास्क नलगाई हिँड्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here