अवैध लागूऔषधसहित पक्राउ

265

काठमाडौं – धनुषा, हंसपुर नगरपालिका-३ कठपुल्लाबाट १ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६८ वर्षीय बौवालाल मण्डल र सिरहा कर्जनाहा नगरपालिका-८ बस्ने २८ वर्षीय मिथुन नायक रहेका छन् । बौवालाल मण्डलको घरमा गाँजा किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बेल्हिबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ भने झापा, बिर्तामोड नगरपालिका-४ घर भई अर्जुनधारा नगरपालिका-६ समाबेसी टोल डेरा गरी बस्ने २० वर्षीय निकेश राईलाई १ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने बस्तु सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी कन्काई नगरपालिका-४ ईलुबारीबाट १२ ग्राम ८० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २८ वर्षीय संजय पोखरेल समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बाँकेकाे बैजनाथ गाउँपालिका-३ नौवस्ताबाट १ ग्राम ६ सय ६५ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय आशिष कुमार थारु र २१ वर्षीय राहुल गुप्ता रहेका छन् । उनीहरूले लागूऔषध किन बेच गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय वनकटुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सर्लाहीकाे लालबन्दी नगरपालिका-१ बागबनीबाट १ सय ९६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित काठमाडौं जोरपाटी बस्ने झापा टोखा घर भएका १९ वर्षीय सुनिल सन्थाली (धिमाल) लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा शंका लागि पैदलयात्री सुनिललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here