काठमाडौ – भारतले काश्मिर कब्जा गरेको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आकस्मिक बैठक बसेको छ ।
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीको पहलमा यो बैठक बसेको जनाइएकाे छ ।
भारतले गत वर्ष ५ अगस्टका दिन जम्मु काश्मिरलाई दिइएको विशेषाधिकार भारतको संविधानबाट हटाइ दिएर कब्जा गरेको थियो ।
पाकिस्तानी विदेशमन्त्री कुरेसीले काश्मिरको आत्मनिर्णयको अधिकारलाई राष्ट्रसंघीय रिसलुसनको आधारमा गर्नुपर्ने जनाएका छन् । बैठकका लागि सुरक्षा परिषदको स्थायी सदस्य चीनले महत्वपूर्ण भूमिका खेलेको छ ।
सुरक्षा परिषदका सबै १५ सदस्यका प्रतिनिधिहरूको उपस्थितिमा इन्डोनेसियाका राजदूत डियान ट्रियान्सिया दजानीले बैठकको अध्यक्षता गरेका थिए ।
पाकिस्तानी विदेशमन्त्री कुरेसीका अनुसार भारतले काश्मिर कब्जा गरेको विषयमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको र त्यसलाई अवैध अधिग्रहण भनेको छ । पाकिस्तानले यसलाई स्वागत गरेको उनले जनाए ।

















