काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् नेपाल उधोग बाणिज्य संघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले कीर्तिपुर नगर उद्योग वाणिज्य संघका संस्थापक पदाधिकारीलाई बधाई दिएका छन् । कीर्तिपुर नगर उद्योग वाणिज्य संघको प्रारम्भिक साधारणसभाको अवसरमा उपाध्यक्ष श्रेष्ठले संस्थापक पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिएका हुन् ।
कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ प्रमुख अतिथि थिए भने नेपाल उधोग बाणिज्य संघ काठमाडौका उपाध्यक्ष राजेन्द्र शेरचन विशेष अतिथि थिए ।
सोही कार्यक्रममा बिशेष अतिथिका रुपमा बाघभैरव जेष्ठ नागरिक संघका अध्यक्ष निलकण्ठ अमात्य, कीर्तिपुर नगरपालिका राजश्व बिभागका प्रमुख नरेन्द्र महर्जन, नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् पिएम कन्ट्रक्सनका अध्यक्ष कृष्णप्रसाद महर्जन, मनकामना क्राफ्ट एण्ड क्रियसनका प्रबन्ध निर्देशक निरज कुमार श्रेष्ठ लगायत सम्पूर्ण संस्थापक पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रमुख अतिथि उपाध्यक्ष श्रेष्ठले कीर्तिपुर नगर उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार भएको र ब्यापारीहरुको हकहितको लागि सधैं सरकारलाई झकझकाईरहने जनाए ।
सो कार्यक्रममा नगरपालिकाका राजश्व प्रमुखले अब कीर्तिपुरका सम्पूर्ण ब्यापारीहरुलाई संगठित बनाई भावी कार्ययोजना बनाई राजश्व वृद्धिदर बढाउनको निम्ति बाणिज्य संघको मुख्य भुमिका हुनुपर्नेमा जोड दिए ।
बाघ भैरव जेष्ठ नागरिक संघका अध्यक्ष एवम् कीर्तिपुर नगर उद्योग वाणिज्य संघका सल्लाहकार निलकण्ठ अमात्यले कीर्तिपुरको ऐतिहासिक नगरको पहिचानका लागि बिशेष पहल गरेर कीर्तिपुर नगरपालिकासंग सहकार्य गरी नेवारी एला, रातो छ्याङ साथै विभिन्न हस्तकलाका सामानहरुलाई बिदेशका निर्यात गरे मात्रै अर्थतन्त्र बलियो हुने जनाए ।
बधाई तथा शुभकामना कार्यक्रमको कीर्तिपुर नगर उधोग बाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यको सभापतित्वमा सम्पन्न भयको थियो । संघका संस्थापक सदस्य सबिता महर्जन स्वागत गरेका थिए ।

![kirtipur_1.[1]](https://swaviman.com/wp-content/uploads/2020/08/kirtipur_1.1-696x388.jpg)
















