सुनको मूल्य तोलामा ६२ सय रुपैयाँ घट्यो

152

काठमाडौंसुनको मूल्यमा लगातार बजारमा घटिरहेको छ। हिजाे मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६२ सय रुपैयाँले घटेको छ। आइतबारबाट घट्न थालेको सुन लगातार चौथो दिन पनि घटेको हो।

आइतबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ सय, मंगलबार ८ सय र बुधबार ६२ सय रुपैयाँले घटेको हो।

बुधबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियाे।  यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ  थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि एकै दिन २ सय २५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य बुधबारका लागि १२ सय १० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबारका लागि प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ तय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here