काठमाडौं – नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैया“ हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण्ँ चौधरीको पनि उपस्थिति रहेको थियो ।
उक्त समारोहमा शाहले नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरूविरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान भएको जनाए । उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंङ्किङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम भएको बताए ।












![शिक्षामन्त्री श्रेष्ठ विरुद्ध रुपा सुनारबाट उजुरी दर्ता [उजुरी सहित]](https://swaviman.com/wp-content/uploads/2021/07/1625391127_Rupa-Sunar-Supreme-Court-218x150.jpg)





