घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो । राष्ट्रकवि घिमिरेको निधनपछि नेपाली साहित्य क्षेत्रले एक धरोहर गुमाएको छ । नेपाली काव्यजगत्का शिखर पुरुष राष्ट्रकवि विगत सात महिनादेखि विभिन्न स्वास्थ्य समस्याका कारण थलिएका थिए । लम्जुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेका दर्जनौँ कृति चर्चित छन् ।





















