हालसम्म ५ हजार ५ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएको भए पनि युएई र जापानबाहेक अन्य देश जाने ४ हजार भन्दा बढी युवा जान पाएका छैनन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अन्तरर्राष्ट्रिय उडान सुरु नभएका कारण श्रम स्वीकृति लिएका नेपाली विदेश जान नपाएको जनाए ।
। “श्रम स्वीकृति लिएकामध्ये यूएईलगायत केही देशमा भने नेपाली गएका छन्,” प्रवक्ता घिमिरेले भने, “अन्य देश जाने श्रमिकको हकमा भने कसरी पठाउने भन्नेबारे कुटनीतिक पहल गरिने जनाए ।”


















