गणेश चतुर्थी मनाउदै

224

काठमाडौं –  आज गणेश चतर्थी, भगवान् गणेशको विशेष पूजाअर्चना गरिदैछ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको गणेश चतुर्थीमा विशेष पूजा गरिन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा.रामचन्द्र गौतमले जानकारी दिए ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको गौतमले जनाए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआजा गरि ब्रतसमेत प्रारम्भ गर्ने गर्दछन् ।  यसका साथै  नेवार समुदायहरूले चथाः पर्व मनाउने चलन रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here