कोरोनाविरूद्धको खोप परीक्षण ढिलाभएकाे प्रति एफडीएको आलोचना

107

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार शनिबार कोरोना भाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेको भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) को आलोचना गरेका छन्।

‘एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई  धेरै जटिल बनाइरहेका छन्,’ ट्रम्पले भने।

संयुक्त राज्य अमेरिकामा हाल तेस्रो चरणको परीक्षणका लागि कोभिड–१९ विरूद्धका तीन खोपहरू पर्खाइमा रहेका छन्।

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकाका कूल ५६ लाख ६८ हजार ५६४ भन्दा बढी व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ७६ हजार ३७१ संक्रमितको मृत्यु भएको छ।

निर्वाचनको समयसीमा नजिकिँदै गर्दा भएका विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारसमेत रहेका ट्रम्पलाई कमजोर देखाइरहेका समय उनको यस्ताे धारणा आएको हो।

राष्ट्रपति ट्रम्पको पक्षमा सर्वेक्षण रिपोर्टहरू नआउनुलाई अमेरिकाको कोरोना भाइरस नियन्त्रण प्रयाससँग जोडेर पनि हेर्ने गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here