संघले केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य रोक्न निर्देशन दिएका छन् ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरूसँग सम्पर्क गर्न नदिने अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य भइरहेको जनाएको छ।
डाक्टर केसीलाई बुधबार प्रहरीले घेराबन्दी गर्दै भित्र-बाहिर गर्न दिएको थिएन। केसी साउन ११ गतेदेखि जुम्लामा छन्। उनी दुर्गमका जनताको घर-घरमा पैदल हिँडेरै स्वास्थ्य सेवा दिइरहेका छन्। उनी विभिन्न चार बुँदे माग राख्दै सत्याग्रहको तयारीमा छन्।


















