अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्टल्यान्डका डेमोक्रेटिक मेयर टेड वह्लिरलाई शहर अशान्त हुनु र नागरिकहरुको मृत्यु हुनेको जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन्।
यता डेमोक्रेटिक उम्मेदवार जो वाइडनले भने ट्रम्पले पोर्टल्यान्डमा हिंस्रक गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन्।
ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटर प्रदर्शनकारीहरुबीच शनिवार झडप भएको थियो। त्यसक्रममा एकजनाको गोली लागि मृत्यु भएको थियो।
मे २५ मा जर्ज फ्लोइडको प्रहरीले नियन्त्रणमा लिने क्रममा मृत्यु भएदेखि नै पोर्टलल्यान्डमा रंगभेदविरुद्ध प्रदर्शन भइरहेका छन् भने हिंसात्मक घटना घटिरहेको छैन। एजेन्सी


















