राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै राज्यको तर्फबाट भएका अमानवीय क्रियाकलापको विरोध गर्ने र न्यायको पृष्ठपोषण गर्ने उद्देश्यले देश तथा विदेशमा रहेका नेपालीहरु अभियानको रुपमा संगठित हुँदै गरेको अभियान्ता महादिप पोखरेलले जनाएका छन् । उनका अनुसार अभियानको रुपमा डा. शम्भु कट्टेल लगायतका माक्र्सवादी बुद्धिजीविहरुको पहलमा सो संस्थाको घोषणा तयारी अन्तिम चरणमा पुगेको छ ।
‘यस अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै राज्यको तर्फबाट भएका फासीबादी क्रियाकलापको पनि खुलेरै विरोध गर्दछ र न्यायको पृष्ठपोषण गर्दछ ।’ उनले जनाए ।
उक्त संस्थाले नेपालमा विप्लव नेतृत्व गरेको नेकपा राजनैतिक पार्टी भएको भन्दै राजनैकि पार्टीमाथिको प्रतिबन्ध तुरुन्त हटाउन र वार्ता थाल्न सरकारसँग आग्रह गरेको छ । साथै उक्त पार्टीलाई खुला रूपमा राजनैतिक गतिविधि संचालन गर्न पाउने वातावरण निर्माण गर्न समेत आग्रह गरिएको छ । सो पार्टीका कतिपय कार्यकर्तालाई फेक इन्काउन्टर गरी मारिने कदम रोकी घटनामा दोषीलाई दण्डीत गर्नसमेत माग गरिएको छ ।
राजनैतिक आस्थाका आधारमा बन्दी बनाइएका हेमन्त प्रकाश वलि,माइला लामा लगायत सम्पूर्ण बन्दीलाई रिहा गर्न, नेपालको रुकुम लगायत कतिपय जिल्लाहरु, तराई क्षेत्रमा दलितको नाममा भएका अन्याय, बलात्कार, हत्या जस्ता घटना हुँदा पनि सरकार उदासीन भएको भन्दै अपराधीलाई कडा कार्वाह गर्न माग गरेको छ ।
अन्तर्राष्ट्रिय रूपमा अभियानले भर्खरै टर्कीमा ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्ताल कै क्रममा मृत्यु भएकोमा टर्किस फासिवादी सरकारको घोर भत्सर्ना गर्दछौँ, भनेको छ भने फिलिपिनो सरकारले त्यहाँका क्रान्तिकारी नेताको हत्या गरेकोमा पनि भत्र्सना गरेको छ ।
पेरुका क्रान्तिकारी नेता गोन्जालोको जीवन रक्षा र रिहाईको माग गर्दै अभियानले भारतले जि एन साईबाबा, बारबरा राओ लगायत धेरै बुद्धिजीवीहरुलाई अभिव्यक्ति स्वतन्त्रताबाट बन्चित गर्दै कारागारमा राखेकोमा उनीहरुको जीवन रक्षा र रिहाइको पक्षमासमेत जोडदार मागसमेत गरेको छ ।


















