काठमाडौ – साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से उच्च बिन्दुले बढेको छ ।
नेप्से आज २५ दसमलव ५८ अंकले बढेर १५ सय १० दसमलव ५७ बिन्दुमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव २५ अंकले बढेर तीन सय चार दसमलव ६० बिन्दुमा चढेको छ ।
आज एक सय ८६ कम्पनीहरुको ४५ हजार दुई सय ७२ वटा कारोवारमा ९६ लाख ८६ हजार नौ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदा कारोवार रकम चार अर्ब १८ करोड ८१ लाख ३६ हजार एक सय १५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुदा निर्जिवन बीमा र जीवन बीमा समुहको सुचक घटेपनि बाँकी समुहको सुचक उच्च बिन्दुले बढेकाछन ।
बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ७८ अंकले बढेर १२ सय ३७ दसमलव ७६ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ९४ दसमलव २२ अंकले बढेर ११ सय सात दसमलव २० बिन्दुमा चढेको छ । बिकास बैंक, लघुबित्त, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च बिन्दुले बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको अपी पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले घटेर एक सय ३२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको प्रभु इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ४१ पैसाले घटेर पाँच सय ८५ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता नौ सय एक रुपैयाँ अन्तिम मुल्यमा ६७ करोड ४२ लाख ४२ हजार दुई सय ५४ रुपैयाँको कारोवार भएको छ ।


















