नेपाल भाषाको साहित्यिक इतिहासमा मल्लकाललाई स्वर्ण युग मानिन्छ भने तत्कालीन शासकहरू स्वयंले यस भाषाबाट गीत, नाटक नाटिका आदि रचेर नेपाल भाषा साहित्य उत्थानको निमित्त महत्वपूर्ण योगदान पु¥याएका थिए । त्यसबखत विकास भएका प्रमुख साहित्यिक विधा कथा, गीत तथा नाटक हुन् भने शाहकालका शाषक बर्गहरूले समेत यसै राष्ट्रभाषा नेपाल भाषाबाट साहित्यिक रचना गरेका थिए ।
जब नेपालमा राणा शासकहरूको नेपाल भाषाप्रति गिद्धे दृष्टि परियो तब दमन यस भाषाप्रति शुरु भयो । करिव ९३ बर्ष अगाडि अर्थात वि.सं. १९८४ तिर भाषा, साहित्यको दमन गरेकाले नेपाल भाषा सहित्यको उत्थानका लागि कृष्णलाल डंगोल, बैकुण्ठ प्रसाद लाकौल, शंकरलाल, गोरक्ष बहादुर, भवानिभक्त, चूडानन्द, इन्दुनाद, लगायत दरबार स्कूलका तात्तकालिन विद्यार्थीहरू संगठित भइ भाषिक दमन विरुद्ध विरोधमा जातीय अभियान तथा मातृतभाषानुरागया भावनाबाट उठि थुलिंचा पुचः पुस्तक प्रकाशन गरेका थिए ।
नेपाल भाषा लगायत अन्य मातृभाषामा पठन पाठनबाट समेत बञ्चित गराउनुका साथै मातृशोकमा आमाको स्मरण गरी कविकेशरी चित्तधर हृदयले ‘मां’ तथा युगकवि सिद्धिचरण श्रेष्ठले मातृभाषामा कविता ‘बर्षा’ कवितामा ‘क्रान्ति विना थन दैमखु स्वच्छ शान्ति’ वाक्यमा क्रान्ति शब्द प्रयोग गरिएको कारण सर्वश्व हरणसहित १७ बर्ष जेल कैद गराईएतापनि पछि ६ बर्ष कैद गरिएको थियो ।
यति मात्रै नभइ जेलभित्रै नेपाल भाषा साहित्य उत्थानको दृष्टिकोण मात्रै नभई नेपालको साहित्य, संगीत, कलाका दृष्टिकोणले समेत महत्वपूर्ण दृष्टिकोणको समयावधिमा रुपमा लिइन्छ । त्यसबखत नेपाल भाषामा साहित्य सृजना गरेको खण्डमा जनतामा चेतना आउने डरका कारण राणा शासकहरूले नेपालभाषामा लेखेको आरोपमा शहीद गंगालाल श्रेष्ठ, टंकप्रसाद, शहिद शुव्रmराजा शास्त्री, शहिद धर्म भक्त माथेमा, शहिद दशरथ चन्द लगायत जेल पर्नुका साथै पछि ‘बुद्धधर्म र नेपाल भाषा पत्रिका’, ‘नेपाली विहार पुस्तक’मा कविता लेखेका र पुस्तक सम्पादन गर्नेहरू योगवीरसिंह, फत्तेबहादुर सिंह, गिरफ्तार गरेका थिए । पूर्व मन्त्री समेत भएका धर्मरत्न यमी, केदारमान व्यथित, हरिकृष्ण श्रेष्ठ लगायत जेल भित्रै उत्पत्ति भएका साहित्यकार हुन् । यस जेलभित्र अमुल्य समयलाई सदुपयोग गर्दै नेपालभाषा साहित्यको लागि धेरै महत्वपूर्ण साहित्यिक कृतिहरू श्रृजना समेत भएको थियो ।
यस बेला नेपाल भाषा साहित्य जगतमा आधुनिकताको दिशाबोध समेत भयो । कविकेशरी चित्तधर हृदयले ‘अन्तर ध्वनि’, कविता संग्रह ‘सुगत सौरभ’ महाकाव्य, गौतम बुद्ध हृदय कथा (खण्ड काव्य), फतेबहादुर सिंह बनबाशया छगू खँ (खण्डकाव्य), युगकवि सिद्धिचरण श्रेष्ठले सीस्वां, (कविता) उत्तराविलाप (महाकाव्य), केदारमान व्यथित ख्वबिप्यागू म्ये, प्रतिक्षा, (कविता संग्रह) रामायण (महाकाव्य) अभिसारिणी (गीतिकाव्य अपूर्ण) तथा धर्मरत्न यमिः अर्हन्त नन्द (महाकाव्य), हरिकृष्ण श्रेष्ठ ख्वबि (कविता संग्रह), सुब्बा पूर्णनारायण सत्यनारायण ब्रत कथा, भतृहरि नीति शतक, हितोपदेश, लोहपुरुष गणेशमान सिंह शब्द (जेलमै हराएको) कृति सृजना नेपाल भाषा साहित्यिक जगतमा अमर समेत हुन सफल भए ।
तात्कालीन समयमा गद्य साहित्यि भन्दा पद्य साहित्य श्रृजना भएको देखिन्छ । कविहरूले कविता स्वच्छन्दवादी साहित्य जेल जीवन निर्वाह भएता पनि कष्टकर जीवनलाई स्वर्ण युग बनाउन सफल भएको देखिन्छ । यसरी परिर्वतनको लहरसँगै १०४ बर्षे जहाँनिया राणाशासनको अन्त्यमा साहित्यिकै महत्वपूर्ण भूमिका निर्वाह गरेकाले नेपालभाषा साहित्यमा आधुनिक विकास भएको रूपमा मानिन्छ ।
यसरी जेल जीवनबाट बिकसित भएको नेपालको साहित्य जुम सम्मेलन गर्ने अवस्थासम्म आई पुगेको छ । गत भाद्र १ गते वाङमय सताब्दी पुरुष सत्यमोहन जोशीले प्रमुख अतिथिका उद्घाटन गर्नु भएको ‘अन्तराष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन’ भव्यरूपमा सम्पन्न भएको छ । सात दिनसम्म लगातार सञ्चालन भएको सो सम्मेलनको आयोजक बनेको थियो आज भन्दा करिव एघार बर्ष अगाडि काठमाडौंको थानकोटमा स्थापना भएको संस्था हलि नेवाः गुथि । विगत केही बर्षदेखि भाषा, साहित्यिक, संस्कृति तथा मानवीय, मानव सेवामा समेत समर्पित भएको संस्था नेपाल एक समुयदाकै गौरवमय संस्था हो ।
हुन त नेपाल भाषा साहित्यिक जगतमा यस्ता साहित्यिक सम्मेलन नभएको भने पक्कै होइन ।
विश्वका मानव समुदाय एक हौं भन्ने सन्देश समेत दिन सफल भएको यस सम्मेलनमा नेपालभाषाको साहित्यलाई नेपाली÷नेपाल भाषा, अंग्रेजी भाषा, डच भाषा, जापानी भाषा, रुसी भाषा, स्पेनीज भाषा र पोर्चुगिज भाषामा अनुवाद गरि वाचन समेत गरेका कारण यो सम्मेलनले नेपालभाषाको साहित्यलाई अन्तर्राष्ट्रियकरण गरेको समेत महशुस भएकाे सम्मेलनका संयोजक श्रीकृष्ण महर्जनले दावी गरेका छन् भने सम्मेलन अवधिमा सय जना भन्दा देशविदेशका साहित्यकाहरूकले सहभागिता जनाउनुनका साथै देशका विभिन्न जिल्लाका नेपालीहरूले पनि नेपाल भाषाकाे माध्यमबाट गीत गाउनुका साथै कविता वाचन गर्नु तथा ११ जना रुसी कविहरूले रुसी भाषाबाट कविता वाचन गरेकाले नयाँ किर्तिमान कायम गर्न सफल भएकाे छ ।
नेपालको साहित्यिक क्षेत्रमै वृहत रूप मानिएको सम्मेलनमा वि. सं. २०७४ सालमा रत्न राज्य लक्ष्मी क्याम्पसमा मातृभाषा बचाउँ अभियान चलाएका मातृभाषा बचाउँ अभियन्ता विद्यार्थीहहरू लगायत अमेरिका, बेलायत, फ्रान्स, पोर्चुगल, क्यानाडा, सिंगापुर, अष्ट्रेलिया, जापान, लगायत गरी समेत गरी विश्वका १३ वटा देशवाट सहभागीता सहभागीता जनाएकाे सम्मेलनमा ३८ जना कलाकरले आ आफ्नो सांगीतिक प्रस्तूत गरेका थिए ।
हलिं नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठको सभापतित्वमा इन्टरनेट जुम मार्पmत भएको सम्मेलनमा सहभागी कविता र लघु कथाको डा. ज्योति तुलाधर र डा. तुयुबहादुर महर्जनले समीक्षा गरेका थिए, भने साहित्यिक क्षेत्रमा विशेष विशेष याेगदान दिएका जनकवि दुर्गालाल श्रेष्ठलाई नोवेल साहित्यीक पुरस्कारका लागि आवश्यक पहलकदमी चाल्ने समेत घोषणा गरेको थियो ।
यसबाट के प्रष्ट हुन्छ भने मानव जीवनमा जसरी जिउनका लागि गाँस, बास, कपासभैm समूदायमा आमूल परिवर्तन गर्न साहित्यले उल्लेखनिय भूमिका निर्वाह खेल्नुका साथै साहित्य विना पनि मानव जीवन अपूर्ण भएको महशुस गर्न सकिन्छ । – जनधारणा साप्ताहिक


















