मत्स्येन्द्रनाथको रथ तान्दा झडप

159

ललितपुर – रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ ।  प्रहरीले रथ तान्न रोकेपछि स्थानीय युवाहरु विरोधमा उत्रिएका थिए ।

साेही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि झडप भएकाे थियाे । निषेधाज्ञा उल्लंघन गर्दै उत्रिएका आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन्।

११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए। करिव १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो।

प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए।  प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको थियो।

प्रहरीले अश्रु ग्यास प्रहार गर्न थालेपछि प्रदर्शनकारीले प्रहरीकै वाटर क्यानन तोडफोड गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here