कोरोनका कारण ४ करोडभन्दा बढी महिला गरिबीमा धकेलिने राष्ट्रसंघकाे खुलाशा

183

काठमाडौ – कोरोनाभाइरसका कारण विश्वभरका मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन्। कलकारखाना तथा उद्योगहरु बन्दाबन्दीका कारण मर्कामा परेसँगै विश्वका धनाड्य व्यक्तिहरु पनि यसबाट प्रभावित भएका छन्। यसैबेला संयुक्त राष्ट्रसंघद्वारा सार्वजनिक गरिएको नयाँ तथ्यांकका अनुसार विश्वभर फैलिएको कोरोनाभाइरसका कारण महिलाहरुलाई धेरै प्रभावित गर्ने छ।

महामारीले सन् २०२१ सम्ममा ४ दशमलव ७ करोडभन्दा बढी महिला तथा युवतीहरु अत्याधिक गरिबीतर्फ धकेलिने छन्। तथ्यांकका अनुसार विश्वका यी जनसंख्यालाई गरिबीको रेखामाथि ल्याउन दशकौंमा भएको प्रगति फेरि पछाडि धकेलिने छ । संयुक्त राष्ट्र महिला र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को यो नयाँ आंकलनले कोरोनाको संकटले महिलाहरुको गरिबी दर अझै बढाउने र गरिबीमा बाँचिरहेकी महिला र पुरुषबिचको अन्तरलाई पनि फराकिलो बनाउने छ।

सन् २०१९ र २०२१ बीचमा महिलाहरूको गरिबी दर २ दशमलव ७ प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो, तर विश्वव्यापी महामारी र यसका परिणामहरूका कारण अब यो बढेर ९ दशमलव १ प्रतिशतमा आउने प्रक्षेपण गरिएको छ।

संयुक्त राष्ट्र एजेन्सीले सन् २०२१ सम्म विश्वव्यापी महामारीले ९ दशमलव ६ करोड मानिसहरूलाई चरम गरिबीमा धकेलिने छन्। यो संकटले चरम गरिबीमा रहेका महिलाहरूको कुल संख्यालाई बढाएर ४३ दशमलव ५ करोड पुर्याउने छ। जुन सन् २०३० भन्दा अगाडि पहिलेको अवस्थामा नफर्किने तथ्यांकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here