सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

297

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको शंकामा उनले १५ भदौमा पीसीआर परीक्षण गराएका थिए ।

शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको हो । पोजेटिभ रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन् । उनले आफ्नो सम्पर्क आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह गरेका छन् । भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ ।

उनले आफू दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नगएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here