नेपालमा कोरोना संक्रमितको संख्या ४६,२५७ पुग्याे

75

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४६ हजार २५७ जना पुगेको छ।

आइतबार काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा थप १८१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २८ हजार ९४१ उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here