राष्ट्रिय एकता दिवसमा विद्यार्थी परिषद्काे पशुपति क्षेत्र  सरसफाइ कार्यक्रम

293

काठमाडौं / राष्ट्रिय एकता दिवसकाे  अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सरसफाइ कार्यक्रम गरेकाे छ ।

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९६ औं  जन्मोत्सवको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाइले सृजनात्मक कार्यक्रम पशुपति मन्दिर परिसरको सरसफाइ गरेको हो ।

सामाजिक एंव शैक्षिक कार्यमा क्रियाशिल भएर परिषद्ले सदैव सृजनात्मक र रचनात्मक गर्दै आइरहेकोमा आज राष्ट्रिय एकता दिवसमा सृजनात्मक गर्ने क्रममा सरसफाइ  कार्यक्रम अायाेजना गरेकाे महानगर सह-सचिव युवराज गिरिले जनाउनु भएकाे हाे ।

अाजकाे समयमा  राष्ट्रिय एकता दिवसकाे अवसरमा विभिन्न संघ संस्थाहरूले देश व्यापी रुपमा गरिरहेको कार्यक्रमहरू  मध्य फरक किसिमकाे कार्य विद्यार्थी परिषद्ले गरेकाे कुरा प्रदेश नं ३ का प्रदेश सचिव कृष्णप्रसाद हुमागाईले जनाउनुभयो ।

उहाँले समय – समयमा यस्ताे किसिमकाे कार्यक्रमहरू हामिले निरन्तर रूपमा गर्नु पर्ने र हाम्रो अा-अाफ्नाे क्षेत्रकाे मन्दिर, कलेज, अन्य पाटि पाैवाहरूमा पनि हाम्रो नेतृत्वमा याे कार्यक्रम गरिरहनु पर्ने कुरा जनाउँदै परिषद्ले निरन्तर रूपमा यस्ता सृजनात्मक अभियानहरूलाई  अगाडि बढाइ रहने जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका  कार्यक्रम संयाेजक काठमाडौं महानगर सह-सम्पर्क प्रमुख तेज प्रकाश माैनीले कार्यक्रम सफल पार्न सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेगि मनहरू र कार्यकर्ताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले अागामि दिनहरूमा पनि यस्तै गरि सक्रिय रूपमा  सहभागी भईरहन सबैलाई आग्रह गर्दै कार्यक्रमलाई समापन गर्नु भएकाे थियाे ।

कार्यक्रममा  केन्द्रीय सह-कार्यालय प्रमुख तर्कराज पाठक, केन्द्रीय सदस्य इपर्सा पाेखरेल , रमेश पन्त , प्रदेश सचिव कृष्णप्रसाद हुमागाई, महानगर सचिव, विरबहादुर खडका, महानगर सह-सचिव युवराज गिरि, सविता लामिछाने , महानगर छात्रा प्रमुख शुभद्रा न्याैपाने , कार्यक्रम संयाेजक तेजप्रकाश माैनी लगायत महानगर भित्रका विभिन्न नगरका 40 जना भन्दा बढि कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here