काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचारको मुद्दामा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनौठो खुलासा गरेका छन् ।
उनले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको जनाएका छन् ।
भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसनधान आयोगले लिएको बयानमा खड्काले विभिन्न व्यक्तिहरूलाई १ करोडभन्दा बढी चन्दा दिएको जनाएका हुन् ।
खड्काले अख्तियारलाई दिएको बयानमा आफूले जोडेको सम्पत्ति, लुकाएको सम्पत्ति र आफूले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई सबैभन्दा धेरै सहयोग गरेको जनाएका छन् ।
खड्काको बयानअनुसार उनले सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली सुदर्शनलाई ९ लाख ९९ हजार, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएका छन् ।

















