काठमाडौं । नवलपुरका गैंडाहरु अन्यत्र स्थानान्तरण गर्ने काम रोक्न नवलपुरका सरोकारवालाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । नपलपुरका पर्यावरण तथा पर्यटनसँग सम्बन्धित ६ वटा संस्थाले संयुक्त रुपमा पत्र बुझाएका छन् । उनीहरुले पत्रमा गैँडा स्थानान्तरणले नवलपुरको जैविक विविधता, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योगमा असर पर्ने भएकाले त्यसलाई रोक्न माग गरेका छन् ।



















